नेपाल प्रिमियर लिग क्रिकेट-२०२६ः जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडाैं गोर्खाज पराजित

Thankot Times

थानकोट ।

कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग क्रिकेट-२०२६ अन्तर्गत बिहीबार सम्पन्न दिनको पहिलो खेलमा काठमाडाैं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले आठ विकेटको सहज जित दर्ता गरेको छ ।

काठमाडाैंले दिएको १ सय १६ रनको लक्ष्य जनकपुरले सजिलै पूरा गरेको हो ।

जनकपुरले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।  जारी सिजनमा जनकपुर बोल्ट्सको यो पहिलो जित हो । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो ।

जनकपुरका लागि मोइन अलीले अर्धशतक पूरा गरे । उनी ५१ बलमा ५८ रन बनाउँदै अविजित रहे । मोइन सैफ हसन ४० रन बनाएर अविजित रहे ।

बलिङमा काठमाडाैंका रिपोन मोन्डलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडाैं १९ ओभर ३ बलमा ११५ रन बनाउँदै अलआउट भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *