चन्द्रागिरिका विभिन्न क्षेत्रमा कार्तिक १३ देखि २० गतेसम्म घण्टाैं विद्युत सेवा अवरुद्ध हुने तालिका सार्वजनिक
थानकोट।
नेपाल विद्युत प्राधिकरणले काठमाडाैं उपत्यकाका विभिन्न वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा भोलि कार्तिक १३ गते शुक्रबारदेखि कार्तिक २० गते शुक्रबारसम्म घण्टाैं विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
बिहीबार गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यको लागि विभिन्न फिडर, सबस्टेशनमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
प्राधिकरणका अनुसार कार्तिक १३ गते शुक्रबार बलम्बु, थानकोट तथा मातातिर्थ फिडर अन्तर्गत हाइभिजन कोलोनी क्षेत्रमा बिहान १०ः३० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ ।















