नेपाली काँग्रेसले तोक्यो २० जना पदाधिकारीको वरीयता

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको छ।

बिहीबार महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यको शपथपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीहरूको वरीयता तोकेको छ ।

एक पदाधिकारीका अनुसार पहिलो वरीयतामा सभापति गगन थापा छन् । दोस्रो वरीयतामा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, तेस्रो वरीयतामा महिला उपसभापति पुष्पा भुसाल छन् ।

चौथो र पाँचौँ वरीयतामा खुलातर्फ उपसभापति जितेका डा. चन्द्रकान्त भण्डारी र  मधु आचार्य छन्। छैटौँ वरीयतामा समावेशीतर्फ उपसभापति जितेका विनोद चौधरी, सातौँ वरीयतामा महामन्त्री प्रदीप पौडेल, आठौँ वरीयतामा महामन्त्री डा. डिला संग्रौला पन्त र नवौँ वरीयतामा महामन्त्री उदय शमशेर राणा छन्।

पौडेल र राणाले खुलातर्फ र डा. संग्रौलालले महिलातर्फ महामन्त्री जितेका थिए । ११ सहमहामन्त्रीमध्ये पहिलो वरीयतामा बहादुर सिंह लामा तोकिएका छन् । उनको वरीयाता १० औँ नम्बर हो भने जनजातितर्फ सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।

११ औँ वरीयतामा सहमहामन्त्री योगेन्द्र चौधरी, १२ औँ वरीयतामा सहमहामन्त्री प्रकाश स्नेही रसाइली १३ औँ वरीयतामा जीवन शाही, १४ औँ वरीयतामा अजय चौरासिया,१५ औँ वरीयतामा आङ्गेलु शेपा, १६ औँ वरीयतामा रामहरि खतिवडा, १७ औँ वरीयतामा प्रतिमा गौतम, १८औँ वरीयतामा अजयबाबु सिवाकोटी, १९औँ वरीयतामा सहमहामन्त्री मनाेज आचार्य र २०औँ वरीयतामा डा. फिरदोश आलम तोकिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *