यसवर्षको तिहारमा कुन दिन कस्तो रहनेछ मौसम ?
थानकोट ।
मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गर्दै सो समयको मौसमबारे जानकारी गराएको छ ।
महाशाखाले बुधबार (कात्तिक १८) विशेष बुलेटिन जारी गर्दै तिहारको मौसमबारे जानकारी गराएको हो ।
महाशाखाका अनुसार, यस वर्ष तिहारको समयमा पश्चिमी वायुको सामान्य प्रभाव मात्र रहने देखिन्छ ।
हेर्नुस् तिहारको कुन दिन कस्तो रहनेछ मौसम ?
कात्तिक २१ गते (शनिबार) काग तिहार
देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा देशको सबै पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु कुहिरो लाग्नेछ ।
कात्तिक २२ गते (आइतबार) लक्ष्मी पूजा
देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । देशका हिमाली भू-भागका थोरै तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
कात्तिक २३ गते (सोमबार) औँसी
देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु कुहिरो लाग्नेछ ।
कात्तिक २४ गते (मंगलबार) गोवर्धन पूजा
हिमाली र पहाडी भू-भागमा तथा कोसी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
कात्तिक २५ गते (बुधबार) भाइटीका
हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
देशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरौ लाग्ने महाशाखाको पूर्वानुमान छ ।











