मंसिर महिनाको १ गते नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले घटेर २ लाख ६७ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा ३० रुपैयाँले घटेर आज ३ हजार ४९० सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला ३ हजार ५२० सय रुपैयाँमा कारोबार भएको थियो ।










