नवयुवा प्रदर्शनका क्रममा चन्द्रगिरि केबलकारमा भएको आगजनीको भिडियो फेरि भाइरल भएपछि…

Thankot Times

थानकोट ।

गतवर्ष भदाै २४ गतेको जेन-जी प्रदर्शनका क्रममा चन्द्रागिरि केबलकारको बटम स्टेशनमा भएको आगजनीको भिडियो फेरि भाइरल भएपछि चन्द्रागिरि हिल्सले विज्ञप्ति नै जारी गर्न परेको छ ।

केहीदिन यता सामाजिक सञ्जालमा पुरानो भिडियो भाइरल गराइएपछि चन्द्रागिरि केबलकार सञ्चालक चन्द्रागिरि हिल्सले विज्ञप्ति जारी गर्दै भ्रममा नपर्न सबैमा अपील गरेको हो ।

गत भदाै २४ गते भएको तोडफोड, लुटपाट, र आगजनीले चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति भएको कम्पनीले जनाएको छ ।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालका अनुसार उक्त प्रदर्शनका क्रममा चन्द्रागिरि केबलकारको बटम स्टेशनका अधिकांश संरचनाका भित्री भाग जलेका थिए ।

भदाै २४ पछि कार्तिक २२ सम्मको व्यापारिक क्षति २५ करोड रुपैयाँ बराबर र आगजनी, तोडफोड र लुटपाटमा करिब २३ करोड रुपैयाँ बराबरको क्षति भएको उनको दाबी छ ।

भदाै २४ को घटनामा चन्द्रागिरि हिल्समा करिब ५० करोड रुपैयाँ बराबरको क्षति

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ