चन्द्रागिरिका विभिन्न क्षेत्रमा आजदेखि मंसिर १३ गतेसम्म घण्टाैं विद्युत सेवा अवरुद्ध हुने तालिका सार्वजनिक
थानकोट ।
नेपाल विद्युत प्राधिकरणले काठमाडाैं उपत्यकाका विभिन्न वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा आज मंसिर ३ गतेदेखि मंसिर १३ गते आइतबारसम्म घण्टाैं विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
एक सूचना जारी गर्दै प्राधिकरणले कुलेश्वर र बानेश्वर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यको लागि विभिन्न फिडर, सबस्टेशनमा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
काठमाडाैं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यालयअन्तर्गत वितरण प्रणालीहरू भूमिगत गर्न विभिन्न फिडर तथा वितरण केन्द्र अन्तर्गत विद्युत लाइनको सटडाउन गर्न लागिएको हो ।
थानकोट टाइम्सले प्राप्त गरेको सूची अनुसार सतु्ङ्गलस्थित बल्खु खोला पुल तथा नैकाप वरपरका क्षेत्रमा आज बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
यस्तै, मंसिर ६ गते आइतबार र ८ गते मंगलबार बल्खु खोला पुल तथा नैकाप वरपरका क्षेत्रमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
यसैगरी मंसिर ११ गते शुक्रबार सतुङ्गलदेखि ढुङ्गाअड्डा सम्मको क्षेत्रमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।
मंसिर १३ गते आइतबार बलम्बुदेखि दुरसञ्चार कार्यालय वरपरको क्षेत्रमा बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुनेछ ।










