नैकापस्थित ब्राइट फ्यूचरमा माविमा आज ९ विद्यालयका १३५ जना विद्यार्थीबीच अन्तर्किया हुँदै
थानकोट ।
क्वेष्ट नेपाल अन्तर्गतको एफिनिटी हबको ११औं सम्मेलन आज मंसिर ५ गते शनिबार नैकापस्थित ब्राइट फ्यूचर माविमा आयोजना सुरु भएको छ ।
विभिन्न ९ विद्यालयका विद्यार्थीहरू यस सम्मेलनमा सहभागी भइरहेको ब्राइट फ्यूचर माविले जनाएको छ ।
सम्मेलनमा विद्यार्थीले आफूले भोगेका समस्याहरूको समाधान गरेको घटना अध्ययन (केस स्टडी) प्रस्तुति, सहयोगी कला र कोलाज प्रतियोगिता, सहयोगी कथा निर्माण प्रतियोगिता, मण्डला निर्माणसहितका कार्यशाला हुनेछन् ।
सम्मेलनमा ब्राइट फ्यूचर मावि, ब्राइट किन्डर वर्ल्ड, क्रियटीभ एकेडेमी, जेसिस मावि, निर्भाना एकेडेमी, पथिक ज्ञान निकेतन, पिनाकल एकेडेमी, ऋचा सह-शिक्षा सदन, स्वस्ति श्री गुरुकुलका गरि १३५ जना विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाइरहेका छन् । यस्तै, स्वदेशी तथा विदेशी परिवेक्षक र अतिथि गरि जम्मा २०० जना आजको कार्यक्रममा सहभागी हुने ब्राइट फ्यूचर माविका अध्यक्ष मोहन कुमार कार्कीले जानकारी दिए ।
विद्यार्थी गुणीय चक्र विश्वका २५ भन्दा बढी देशमा प्रयोगमा आएको शैक्षिक कार्यक्रम हो ।
नेपालमा सन् १९९० को दशकमा प्रोफेसर दिनेश चापागाँइको अग्रसरतामा पहिलोपटक विद्यार्थी गुणीय चक्रको सुरुवात भएको थियो ।
चापागाँइले हिमालय विद्यामन्दिर माविमा पहिलोपटक विद्यार्थी गुणीय चक्रको परीक्षण गरेका थिए ।
पछि सन् २००५ बाट विद्यार्थी गुणीय चक्र संस्थागत रूपमा अघि बढेको हो ।










