अवैध लागूऔषध खैरो हेरोइनसहित नागढुङ्गाबाट दुई जना पक्राउ
थानकोट ।
अवैध लागूऔषध खैरो हेरोइनसहित नागढुङ्गाबाट दुई जना पक्राउ परेका छन् ।
चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय २ ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ पर्नेहरूमा सिन्धुली गोलान्जोर गाउँपालिका-३ घर भएका २९ वर्षीय दिपेश थापा र बझाङ सुर्मा गाउँपालिका-३ घर भएका २६ वर्षीय संजय बोहरा रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ना.५७ प ७५०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फाइल फोटो










