नेपाल प्रिमियर लिग क्रिकेटः सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा बन्यो च्याम्पियन

Thankot Times

थानकोट ।

सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी रोयल्समाथि बदला लिँदै एनपीएल सिजन– ३ को च्याम्पिन बनेको हो ।

सुदूरपश्चिमले लुम्बिनीले दिएको १५६ रनको लक्ष्य १३.३ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो ।

सुदूरपश्चिमको जितमा स्कटल्यान्डका आक्रामक ब्याटर जर्स मुन्सीले १२५ रनको शतकीय पारी खेले । भने, विनोद भण्डारीले ३० रनको योगदान गरे ।

सुदूरपश्चिम एनपीएलमा लगातार तेस्रो प्रयासमा च्याम्पियन बनेको हो ।

सुदूरपश्चिम पहिलो सिजनमा जनकपुर बोल्ट्स र दोस्रो सिजनमा लुम्बिनीसँग फाइनलमा पराजित भएको थियो । सुदूरपश्चिम दोस्रो सिजनमा लुम्बिनीसँग ६ विकेटले पराजित भएको थियो ।

उक्त हारको बदला लिँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

विजेता सुदूरपश्चिमले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । भने, उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँ नगद प्राप्त गर्नेछ ।

त्यस्तै, तेस्रो बनेको चितवन राइनोजले ४० र चौथो बनेको काठमान्डु गोर्खाजले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *