महारानी एलिजाबेथको निधनप्रति राष्ट्रपतिबाट दुख व्यक्त

Thankot Times

थानकोट ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

शुक्रबार लैनचौरस्थित बेलायती दूतावासमा पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली समेत अर्पण गरेकी हुन् ।

९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार निधन भएको हो ।

महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ