पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी, पुरानो नैकापमा आजबाट सुरू हुँदै

Thankot Times

बहुप्रतिक्षित कार्यक्रम पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी शनिबारबाट सुरू हुँदैछ । चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापमा बिहान ९ बजेबाट सुरू हुने भनिएको कार्यक्रममा चन्द्रागिरि नगरक्षेत्रमा करिब १६० वर्षअघि कोरिएका स्केच समेत प्रदर्शनी गरिने बताइएको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजित प्रदर्शनी फोटो म्युजिमय नेपालले संयोजन गरेको हो ।

थानकोट टाइम्सले मुल प्रायोजन गरेको कार्यक्रममा यस क्षेत्रका १ सय बीस तस्बिरहरू प्रदर्शनी गरिनेछ । प्रदर्शनीमा माथवरसिंह थापाको निमन्त्रणामा नेपाल आएका तत्कालीन पर्सियाका राजकुमारले थानकोट क्षेत्रमा कोरेका स्केच तथा ब्रिटिश इष्टइण्डिया कम्पनीका कलाकारले कोरेका स्थानीय पाटी पाैवाहरूको पानी फोटो प्रदर्शनीको मुख्य आकर्षण हुनसक्ने कार्यक्रम संयोजक जीवन नेपालले जानकारी दिनुभयो ।

कार्य्रकमका सन्दर्भमा थानकोट टाइम्सले राखेको जिज्ञासा चन्द्रागिरि प्याब्सनका सल्लाहकार एवंम् ब्राइट फ्यूचर माविका प्रधानाध्यापक दयाराम थापाले पहिलो पटक हुन लागेको यस खालको प्रदर्शनीले यस क्षेत्रको विगत र वर्तमानबीचको अवस्था नजिकबाट नियाल्न अवसर मिलेको धारणा राख्दै यस क्षेत्रका विद्यार्थी भाईबहिनीहरूले कार्यक्रम अवलोकन गर्ने अवसर छुटाउन नहुने विचार व्यक्त गर्नुभयो। त्यस्तै चन्द्रागिरि स्पोर्टस् क्लबका अध्यक्ष कृष्णहरि बस्नेतले पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी आयोजना गर्न सहजीकरण गर्न पाउनु गर्वको कुरा भएको बताउनुहुँदै कार्यक्रममा राम्रो उपस्थित रहने विश्वास लिएको धारणा बताउनुभयो । न्यू डायमण्ड एकेडेमीका प्रधानाध्यापक कुमार राईले कार्यक्रमले चन्द्रागिरि नगर क्षेत्रको विगत देखि वर्तमानसम्मको परिवर्तन अध्ययनमा महत्वपूर्ण हुन सक्ने विचार व्यक्त गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *