चन्द्रागिरि नगरका पुराना तस्बिर हेर्न उत्साहजनक सहभागिता

Thankot Times

थानकोट, फागुन १४ गते ।

चन्द्रागिरि नगरपालिकामा पहिलोपटक आयोजना भएको पुराना तस्बिरहरूको प्रदर्शनीमा उत्साहजनक सहभागिता देखिएको छ ।

फोटो म्युजियम नेपालको संयोजनमा चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकाप चोकमा शनिबार आयोजित फोटो प्रदर्शनीमा स्थानीयहरूको चहलपहल बाक्लै देखिन्थ्यो । आफ्नै नगरका पुराना तस्बिर हेर्न सहभागिहरू निकै उत्साहित देखिन्थे ।

प्रदर्शनी अवलोकनपछि नोया गुरूङले पहिलेका सन्ततिले गरेको विकास अहिलेको विकासमा कुनै तुलना नै गर्न नसकेको प्रतिक्रिया व्यक्त गर्नुभयो । त्यस्तै केशव खनालले चन्द्रागिरि नगरक्षेत्रका सांस्कृतिक तस्बिरहरू समेट्दै प्रदर्शनी आयोजना गर्दै परिष्कृत गर्न सुझाव दिनुभयो ।

थानकोट टाइम्सको मुख्य प्रायोजन रहेको प्रदर्शनी चन्द्रागिरि नगरका थप ३ स्थानमा आयोजना हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *