आज मंगलबारको मौसम कस्तो रहला ? जान्नुहोस् विभागको पूर्वानुमान
थानकोट ।
देशका हिमाली र पहाडी भू–भागमा आज आंशिक बदली रहने भए पनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, रातिको समयमा हिमाली भू–भागमा आंशिक बादल लाग्ने र देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।











