चन्द्रागिरि नगरका पुराना तस्बिर हेर्न उत्साहजनक सहभागिता (फोटो फिचर)

Thankot Times

थानकोट, फागुन १४ गते ।

चन्द्रागिरि नगरपालिकामा पहिलोपटक आयोजना भएको पुराना तस्बिरहरूको प्रदर्शनीमा उत्साहजनक सहभागिता देखिएको छ ।

फोटो म्युजियम नेपालको संयोजनमा चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकाप चोकमा शनिबार आयोजित फोटो प्रदर्शनीमा स्थानीयहरूको चहलपहल बाक्लै देखिन्थ्यो । आफ्नै नगरका पुराना तस्बिर हेर्न सहभागिहरू निकै उत्साहित देखिन्थे । प्रदर्शनी अवलोकनपछि नोया गुरूङले पहिलेका सन्ततिले गरेको विकास अहिलेको विकासमा कुनै तुलना नै गर्न नसकेको प्रतिक्रिया व्यक्त गर्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *