चेकपोष्टमा आयोजित आँखा शिविरमा भेटियो २३ जनामा मोतिविन्दुको लक्षण

Thankot Times

थानकोट, चैत्र १२ ।

शुक्रबार नेपाल नेत्रज्योती संघको संयोजनमा चन्द्रागिरि ६ चेकपोष्ट स्थित चन्दनभराटेश्वर महादेव मन्दिर परिसरमा सम्पन्न निःशुल्क आँखा परिक्षण शिविरमा २३ जनामा मोतिबिन्दुको लक्षण देखिएको छ ।

चन्द्रागिरि वडा नंं ६ का अध्यक्ष संजय सिग्देले दिनुभएको जानकारीका अनुसार शिविरमा १८६ को आँखा परिक्षण गरिएको थियो । मोतिविन्दुको लक्षण देखिएका बिरामीको अन्तिम ल्याब रिपोर्ट आएपछि कीर्तिपुरस्थित आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *