चन्द्रागिरिमा खुल्यो जसपाको कार्यालय

Thankot Times

थानकोट, चैत्र १३ ।

स्थानीय निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले पनि चन्द्रागिरि नगरमा आफ्नो सम्पर्क कार्यालयको शुभारम्भ गरेको छ । चन्द्रागिरि नगरपालिका- ५ दाउराडिपो नजिकै उक्त पार्टीका वरिष्ठ नेता एवं चुनाव प्रचारप्रसार कमिटि संयोजक अशोक राईले शनिबार पार्टी सम्पर्क कार्यालय शुभारम्भ गर्नुभएको सो पार्टीका नेता रामलाल श्रेष्ठले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै नेता राईले देशको मुहार फेर्न संख्याको महत्व रहे पनि संख्या भन्दा गुण महत्त्वपूर्ण रहेको धारणा राख्दै असल बिउ भए धेरै नचाहिने बताउनुभयो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *