चन्द्रागिरिमा विद्युतीय तार भूमिगत गर्ने काम तीव्र, बलम्बुबाट सुरू भयो काम

Thankot Times

थानकोट, फागुन २६ ।

चन्द्रागिरि नगरमा विद्युत तार भूमिगत गर्ने (जमिन भित्र तार राख्ने) कार्य सुरू भएको छ । चन्द्रागिरि १२ बलम्बुबाट सो कार्य सुरू गरिएको नगरप्रमुख घनश्याम गिरीले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

गत माघ १८ गते गते नगरप्रमुखको अध्यक्षतामा नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रतिनिधिहरु र विभिन्न वडाका अध्यक्षहरु सहितको  बैठकले नगरपालिका क्षेत्रभित्र विभिन्न चरणमा गरि विद्युत तार भूमिगत गर्नेबारे छलफल भएको थियो। सो कार्यका लागि नगरपालिकाले सहजीकरण एवं समन्वय गर्ने निर्णय भएको वडा नं. १२ का अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार बलम्बुमा भइरहेको विद्युत लाइन भूमिगत गर्ने कार्यको अनुगमन गर्नुहुँदै नगरप्रमुख गिरीले नेपाल टेलिकमको तार समेत भूमिगत हुने प्रक्रिया अघि बढेको कुरा बताउनु हुँदै विभिन्न प्रयोजनमा टाँगिएका तारका कारण उत्पन्न समस्या तथा साैन्दर्यमा परेको असर न्यूनिकरणमा तार भूमिगत बनाउने कार्यलाई सफल बनाउन सबै नगरबासीले सहयोग पुर्याउनु पर्नेमा जोड दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *