गुर्जुधारामा काँग्रेसको सम्पर्क कार्यालय

Thankot Times

थानकोट, फागुन २७ ।

चन्द्रागिरि नगरमा राजनीतिक दलहरू स्थानीय चुनावको लागि जोडबलले तयारीमा जुटेका छन् । चन्द्रागिरिका विभिन्न वडाहरूमा इकाई तथा प्रदेश सम्पर्क कार्यालयहरू स्थापनाको क्रमले तिव्रता पाइरहेको छ ।
फागुन २८ गते शनिबार बिहान नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा काठमाण्डाै क्षेत्र नंं १० का सांसद् राजेन्द्र कुमार केसीको उपस्थितिमा चन्द्रागिरि ०५ को इकाई तथा प्रदेश १० ‘ख’ को सम्पर्क कार्यालय स्थापनाको कार्यक्रम रहेको नेपाली काँग्रेस काठमाण्डाै क्षेत्र नं. १० प्रदेश ‘ख’ का सभापति धर्मनन्द श्रेष्ठले थानकोट टाइम्सलाई जानकारी दिनुभयो । सो सम्पर्क कार्यालय चन्द्रागिरि नगरपालिका ०५ स्थित गुर्जुधारा यातायात कार्यालयसँगै रहनेछ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *