चैत्र १२ गते चुनदेवी विद्यालयमा वयोधा अस्पतालले निःशुल्क स्वास्थ शिविर सञ्चालन गर्ने

Thankot Times

थानकोट, चैत्र ७ ।

बल्खुस्थित वयोधा अस्पतालले चैत्र १२ गते शनिबार चन्द्रागिरि ४ स्थित चुनदेवी मावि मा एकदिने निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शिविरमा जनरल फिजिसियन, हाड-जोर्नी , बाल तथा स्त्री रोगका बारेमा निःशुल्क परामर्श सेवा उपलब्ध हुने बताइएको छ । साथै शिविरमा ईसीजी, मधुमेह, रक्तचाप तथा यूएसजीको निःशुल्क जाँच हुनेछ । शिविर बिहान ९ देखी अपरान्ह ४ बजेसम्म सञ्चालन हुने अस्पतालले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *