‘नेपाली काँग्रेस हारबाट डराउँदैन’- सभापति बानियाँ

Thankot Times

थानकोट ।

सत्तारूढ नेपाली काँग्रेसले चन्द्रागिरि नगरपालिका ११ सतुङ्गलमा नगर कार्यसमितिको कार्यालय स्थापना गरेको छ । शनिबार बिहान बागमती प्रदेशका सभापति तथा सांसद् इन्द्र बहादुर बानियाँले सो पार्टीको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सांसद् बानियाँले नेपाली काँग्रेसले चन्द्रागिरि नगर लगायत देशभरका स्थानीय निकायमा अत्यधिक मतले विजय पाउने प्रतिक्रिया दिए ।  मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) का विषयमा नेकपा एमालेले अनावश्यक हल्ला फिजाउँदै नेपाली काँग्रेसमाथि लगाएको लाञ्छनाको सबैले खुलेर विरोध गर्नु पर्ने बताए ।साँसद् बानियाँले चुनावी गठबन्धन कुनै दल विशेषका लागि लक्षित नभएको र देश बचाउनका लागि चुनावी गठबन्धन अत्यावश्यक देखिएको बताए । नेकपा एमालेका अध्यक्षका केपी ओलीको अतिवादबाट देश बचाउनका लागि पार्टीले गठबन्धन गर्ने निर्णय गरेको बताउँदै  नेपाली काँग्रेस हारबाट कहिल्यै नडराएको धारणा राखे ।

कार्यक्रममा बोल्दै नगरप्रमुख एवं नेपाली काँग्रेस चन्द्रागिरि नगर सभापति घनश्याम गिरीले स्थानीय निर्वाचनमा आफ्नो दललाई मतदाताले विश्वास गर्नेमा आफु विश्वस्त रहेको धारणा व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *