चन्द्रागिरिमा ठडिए नेपाल एकीकरण गर्ने ३ नायकका शालिक

Thankot Times

थानकोट ।

नेपाल एकीकरणका प्रमुख योजनाकार तत्कालीन राजा पृथ्वीनाराण शाह र उनको अभियानमा साथ दिन प्रमुख व्यक्तिहरू काजी कालु पाण्डे तथा बिसे नगर्चीको शालिक चन्द्रागिरि नगरपालिकामा स्थापना भएका छन् ।

शनिबार चन्द्रागिरि २ वाडभञ्ज्याङमा संघीय सांसद् अञ्जना विशंखेले बिसे नगर्चीको शालिक अनावरण गरेसँगै नेपाल एकीकरणका प्रमुख सारथीहरूको शालिक चन्द्रागिरि नगरमा ठडिएको हो ।

यसअघि काजी कालु पाण्डेको शालिक चन्द्रागिरि १ इन्द्रस्थान (इन्द्रथान) मा स्थापना भइसकेको छ भने राजा पृथ्वीनारायण शालको शालिक चन्द्रागिरि डाँडामा चन्द्रागिरि केबलकार सञ्चालक कम्पनी चन्द्रागिरि हिल्सले स्थापना गरेको थियो ।

शनिबार चन्द्रागिरि २ मा आयोजित कार्यक्रममा सांसद् विशंखेले वाडभञ्ज्याङ स्वास्थ्य चाैकी तथा घट्टेडाँडा पार्कको समेत उद्घाटन गरेकी थिइन ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *