नेपाली शेयर बजारमा आजबाट अर्को आईपीओका लागि आवेदन खुला

Thankot Times

थानकोट, बैशाख २ ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओमा आवेदन खुलाएको छ ।

संस्थाले चुक्तापुँजीको ३२.५० प्रतिशतले हुन आउने ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको आईपीओ आजबाट निष्काशन गरेको हो। जसअनुसार १०० अंकित दरका कुल ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरिएको छ।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्। आवेदन दिने म्याद छिटोमा बैशाख ६ गते बैंकिङ समयपछि समाप्त हुनेछ। यो अवधिसम्म पनि मागबमोजिम आवेदन नपरेको खण्डमा बैशाख १६ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।

यो आईपीओलाई धितोपत्र बोर्डले गत चैत ९ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *