ब्राइट फ्युचरको आयोजनामा बैशाख २२ बाट एसईई कप फुटसल हुने

Thankot Times

थानकोट ।

नैकापस्थित ब्राइट फ्युचर माविले एसईई कप फुटसल आयोजना गर्ने भएको छ । कक्षा १० (एसईई) को परीक्षा दिएर बसेका विद्यार्थीहरू मात्र सम्मिलित हुने पाउने गरी बैशाख २२ बाट सुरू हुने उक्त प्रतियोगिताको विजेताले २५ हजार रूपैयाँ तथा उपविजेताले १५ हजार रूपैयाँ नगद पुरस्कार पाउने बताइएको छ ।

आयोजकका अनुसार विधागत रूपमा उत्कृष्ठ हुनेले जनही ५ हजार रूपैयाँ हात पार्नेछन् ।

उपाधी विजेता टोलीका हरेक खेलाडीले तथा विधागत उत्कृष्ठ खेलाडीले उक्त विद्यालयमा शतप्रतिशत छात्रवृत्तिमा अध्ययन गर्न पाउने बताइएको छ ।

प्रतियोगितामा भाग  लिने हो ? यो फाराम भर्नुहोस् ।  

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *