नागढुङ्गा-मलेखु सडक विस्तारको ठेक्का सगुन कन्सट्रक्सनलाई

Thankot Times

थानकोट, वैशाख ५ ।

सरकारले नागढुङ्गादेखि मलेखुसम्मको सडक खण्ड विस्तारका लागि ठेकदार कम्पानी छनोट गरेको छ ।

नागढुङ्गादेखि  नौबीसेसम्मको खण्ड विस्तारको जिम्मा सगुन कन्स्ट्रक्सनले पाएको छ । एक चिनियाँ कम्पनीसँगको ज्वाइन्ट भेन्चर (जेभी) मा ठेक्का हालेको कम्पनीले लागत अनुमान भन्दा करिब ३५ प्रतिशतभन्दा कममा ठेक्का पाएको हो ।

करिब १ अर्ब ३१ करोडको ठेक्का लागेको यो खण्डको काम नौबीसेतर्फबाट सुरु गर्ने गरी विभागले कार्यादेश दिइसकेको छ । यो खण्ड विस्तारको काम २ वर्षमा सकिने अनुमान छ ।

त्यसैगरी नौबीसेदेखि मलेखुसम्मको सडक विस्तारको कामको जिम्मा लामा-शर्मा जेभीले पाएको छ । यी कम्पनीसँग पनि एक चिनियाँ कम्पनीले जेभी गरेको छ, अनलाइनखबरमा समाचार छ ।  । यो कम्पनीले ३ वर्षभित्र काम सक्ने गरी ५ अर्ब ३२ करोड रुपैयाँमा ठेक्का पाएको हो । अनुमानित लागत करिब २० प्रतिशत कममा मूल्यमा नौबीसे-मलेखु खण्डको ठेक्का लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *