ब्राउन सुगरसहित समातिए विराटनगरका रामकृष्ण

Thankot Times

थानकोट ।

६ ग्राम लागु औषध ब्राउन सुगर सहित विराटनगरका ३० वर्षीय रामकृष्ण भण्डारी प्रकाउ परेका छन् ।

नागढुङ्गास्थित प्रहरी चेकपोष्टमा काँकडभिट्टाबाट काठमाण्डौतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ९५२६ नम्बरको यात्रु बाहक बसबाट भण्डारी पक्राउ परेका हुन् ।

उनले लगाएको पाईन्टको गोजीमा सो परिमाणको लागुऔषध भेटिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । उनको साथबाट प्रहरीले ब्राउन सुगर ६ ग्राम, नाइट्राभाइट ट्याबलेट ४ वटा, ओप्पो मोबाइल र परिचयपत्र बरामद गरेको छ ।

भण्डारीलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्‍याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *