सोमबारबाट चन्द्रागिरि नगरमा कोरोना भाइरस विरूद्धको खोप लगाइने

Thankot Times

थानकोट ।

सोमबारबाट चन्द्रागिरि नगरमा कोरोना भाइरस विरूद्धको खोप लगाइने भएको छ । नगर क्षेत्रका सबै स्वास्थ्य संस्थाहरूबाट एस्ट्रोजेनिका खोपको दोश्रो तथा तेश्रो मात्रा (बुस्टर डोज) लगाइने नगरपालिकाबाट जारी सूचनामा उल्लेख छ । पहिलो मात्रामा तथा दोश्रो मात्रामा जुनसुकै कम्पनीको खोप लगाएको भएपनि बुस्टर डोजमा एस्ट्रोजेनिका खोप दिइने सूचनामा भनिएको छ ।

वैशाख १२ देखी १४ गतेसम्म चन्द्रागिरि नगर क्षेत्रमा बसोबास गर्ने १८ वर्ष पूरा गरेका  जो कोहीले उक्त खोपको मात्रा लगाउन सक्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *