चन्द्रागिरि नगरपालिकाको १५ वडाध्यक्ष पदमा ९३ जनाको आँखा (विस्तृत विवरणसहित)

Thankot Times

थानकोट ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १५ वटा वडा रहेको चन्द्रागिरि नगरपालिकामा वडाध्यक्ष पदका स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका गरी ९३ जनाले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । दर्ता भएका उम्मेदवारका मनोनयन उपर बुधबार र विहीबार जाँचको कार्यक्रम रहेको छ । उम्मेदवारहरूको अन्तिम नामावली वैशाख १६ गते प्रकाशित गर्ने निर्वाचन आयोगको तयारी छ ।

यी हुन् चन्द्रागिरि नगरका १५ वटा वडामा वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका स्वतन्त्र एवं राजीनितिक दलका प्रतिनिधिरूको विवरणः

चन्द्रागिरि १, दहचोकः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षमा विजयी भएका राजेन्द्र के.सी.ले यसपटक पुनः दोहोरिने इच्छा देखाएका छन् । के.सी.सहित ११ जना वडाध्यक्षका उम्मेदवारले यस वडामा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राप्रापाका जयराम खत्री, जसपा नेपालका राजन गिरी, नेमकिपाका रामप्रसाद भट्टराई, नेकपा माओवादी केन्द्रका शशिकुमार गिरी र नेपाली काँग्रेसका हरिश्याम रानामगरले चन्द्रागिरि नगरपालिका १ दहचोकको वडाध्यक्ष पदका लागि उम्मेदवारी पेश गरेका छन् । त्यस्तै श्रीकृष्ण गिरी, विनय कुमार थापा, दिपक गिरी, उद्धव थापा र अन्जु गिरीले यो वडाको वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
चन्द्रागिरि २, वाडभञ्ज्याङः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका गोपी सुर्खेती वडाध्यक्ष विजयी भएको चन्द्रागिरि २ मा यसपटक ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गत स्थानीय चुनावमा तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट वडा सदस्य पदमा विजयी भएका मधुकर बस्नेत केही समय अघि नेकपा एमाले प्रवेश गरी यस पटक सो पार्टीका तर्फबाट वडाध्यक्षको टिकट हात पार्न सफल हुँदा उनीसहित नेपाली काँग्रेसका अर्जुन बहादुर तामाङ, राजपा नेपालका दिपक भुर्तेल, नेकपा माओवादी केन्द्रका भाइकृष्ण तामाङ तथा राप्रपाका सुवर्ण घिमिरेले चन्द्रागिरि नगरपालिका वडा नंं २ को वडाध्यक्ष पदमा दाबेदारी पेश गरेका छन् ।
चन्द्रागिरि ३, थानकोटः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका दुर्गालाल महर्जन वडाध्यक्ष पदमा निर्वाचित भएको चन्द्रागिरि नगरपालिका ३ थानकोटमा यसपटक महर्जन पुनः दोहोरिन चाहँदा उनलाई नेकपा माओवादी केन्द्रका देवकृष्ण महर्जन तथा नेकपा एमालेका नारायण बहादुर महर्जनले चुनाैती दिनेछन् । नारायण बहादुर महर्जन गत स्थानीय निर्वाचनमा वडाध्यक्ष पदमै पराजीत भएका थिए ।
चन्द्रागिरि ४, थानकोटः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका कृष्णप्रसाद खड्गी लोकप्रिय मतसहित वडाध्यक्ष पदमा निर्वाचित भएको चन्द्रागिरि नगरपालिका ४ थानकोटमा यसपटक खड्गी पुनः दोहोरिन चाहँदा उनलाई नेकपा माओवादी केन्द्रका श्याम बलामी, नेकपा एमालेका लेमन श्रेष्ठ, नेपाः राष्ट्रिय पार्टीका सुरेश कुमार गोपाली तथा राप्रपाका पुर्णप्रसाद श्रेष्ठले चुनाैती दिनेछन् ।
चन्द्रागिरि ५, महादेवस्थानः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका कान्छाभाई महर्जनले वडाध्यक्ष पद जितेको चन्द्रागिरि नगरपालिका ५ महादेवस्थानमा यस पटक ७ जनाले वडाध्यक्ष पदमा दाबी पेश गरेका छन् । जसमा नेकपा माओवादी केन्द्रका राजेन्द्र महर्जनले नेपाली काँग्रेससँग तालमेल गरी वडा सदस्यका ३ वटा पद बाँड्ने गरी उम्मेदवारी दर्ता गराएका छन् भने एकीकृत समाजवादीबाट अमिर श्रेष्ठ, राप्रपाबाट त्रिरत्न श्रेष्ठ, जसपा नेपालबाट विशाल श्रेष्ठ, नेकपा एमालेबाट सूर्यबहादुर महर्जन छन् । त्यस्तै, श्यामलाल श्रेष्ठ तथा बुद्ध महर्जनले यस वडाको वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
चन्द्रागिरि ६, महादेवस्थानः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका संन्जय सिग्देल वडाध्यक्ष पदमा विजयी भएको चन्द्रागिरि नगरपालिका ६ महादेवस्थानमा यसपटक सिग्देलले पुनः दोहोरिने इच्छा राख्दा उनलाई अघिल्लो कार्यकालकी वडासदस्य निर्वाचीत हाल नेकपा एकीकृत समाजवादीकी कमला बलामीले चुनाैती दिनेछिन् । त्यस्तै नेपाली काँग्रेसका शान्त उदास, राप्रपाका सुवास थापा तथा नेकपा माओवादी केन्द्रका सम्पूर्ण बलामीले पनि चन्द्रागिरि ६ को वडाध्यक्षका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।
चन्द्रागिरि ७, महादेवस्थानः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका शम्भुकुमार केसी विजयी भएको चन्द्रागिरि ७ महादेवस्थानमा यसपटक केसीले पुनः दोहोरिन उम्मेदवारी दिँदा केसीसँग पराजीत भएका नेकपा एमालेका श्रीहरी थापाले यसपटक पनि उम्मेदवारी पेश गरेका छन् । केसी र थापालाई यसपटक स्वतन्त्र उम्मेदवारहरू गोकुल भण्डारी तथा निर्मला महतले चुनाैती दिनेछन् भने राप्रपाका शिवशंकार थापामगर, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र थापाले पनि चन्द्रागिरि नगरपालिका वडा नंं ७ को वडाध्यक्ष पदमा मत माग्दैछन् ।
चन्द्रागिरि ८, मातातीर्थः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सन्तोष खड्काले वडाध्यक्ष जितेको चन्द्रागिरि ८ मातातीर्थमा यसपटक पनि खड्काले दोहोरिने इच्छा देखाएका छन् । खड्कालाई नेपाली काँग्रेसका प्रल्हाद रिजाल, राप्रपाका रामकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका सुदर्शन पन्त तथा नेकपा एकीकृत समाजवादीका हरिश्चन्द्र महर्जनले चुनाैती दिनेछन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारहरू रामराजा थापा तथा खगेन्द्र बहादुर बस्नेतले पनि चन्द्रागिरि ८ को वडाध्यक्ष बन्न नाम दर्ता गराएका छन् ।
चन्द्रागिरि ९, मच्छेगाउँः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका देवेन्द्र महर्जन चन्द्रागिरि ९ मच्छेगाउँको वडाध्यक्ष पदमा विजयी हुँदा महर्जनसँग पराजीत भएका नेपाली काँग्रेसका उम्मेदवार अच्युत अधिकारीले पुनः यसपटक उम्मेदवारी दिएका छन् । अधिकारीले वडाध्यक्ष बन्न नेकपा माओवादी केन्द्रका प्रकाश आलेमगर, राप्रपाका सुरेन्द्र देसार, नेकपा एमालेका रामकृष्ण श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीका सुरेश थापाको चुनाैती सामना गर्नुपर्नेछ ।  त्यस्तै, चन्द्रागिरि ९ को वडाध्यक्षमा विष्णुभक्त डंगोल तथा भीमदेव महर्जनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
चन्द्रागिरि १०, सतुंगलः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका गोपालकृष्ण महर्जन चन्द्रागिरि नगरपालिका वडा नंं १० सतुंगलको वडाध्यक्ष पदमा विजयी भएका थिए । यसपटक सो पार्टीबाट शिवकुमार महर्जनले वडाध्यक्षको टिकट पाएका छन् । त्यस्तै, जसपा नेपालका देव कुमार महर्जन, नेपाली काँग्रेसका निरज प्रजापति, राप्रपाका पूर्णकृष्ण महर्जन तथा नेकपा माओवादी केन्द्रका रामकृष्ण महर्जन चन्द्रागिरि १० सतुंगलको वडाध्यक्ष बन्न मतदाता समक्ष जानेछन् ।
चन्द्रागिरि ११, सतुंगलः
२०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिका ११ मा नेकपा एमालेका हरिभक्त महर्जन वडाध्यक्ष पदमा विजयी भएका थिए । सो वडामा यसपटक वडाध्यक्ष पदका लागि एमालेबाट पूर्णगोपाल श्रेष्ठ, नेपाली काँग्रेसबाट नरेन्द्रराज श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट विश्वनाथ श्रेष्ठ तथा राप्रपाबाट जुजुभाइ श्रेष्ठ ले उम्मेदवारी दर्ता गराएका छन् ।
चन्द्रागिरि १२, बलम्बुः
२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका प्रकाश श्रेष्ठले जित हात पारेको चन्द्रागिरि १२ बलम्बुको वडाध्यक्ष पदमा यसपटक श्रेष्ठ पुनः दोहोरिन चाहन्छन् । उनले यसपटक वडाध्यक्ष बन्न नेकपा एकीकृत समाजवादीका दिपकराज तिमल्सेना, नेकपा एमालेका न्हुच्छे बहादुर महर्जन, राप्रपाका प्रकाश श्रेष्ठ, नेमकिपाका राजेन्द्र श्रेष्ठ तथा नेकपा माओवादी केन्द्रका विकास राउतको सामना गर्नुपर्नेछ ।
चन्द्रागिरि १३, पुरानो नैकापः
 २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका बालमुकुन्द विडारी चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापको वडाध्यक्षमा विजयी भएका थिए । उनले यसपटक पनि सोही पदमा दाबेदारी पेश गरेका छन् उनलाई वडाध्यक्ष बन्न नेकपा माओवादी केन्द्रका सुरेन्द्र मगर, नेपाली काँग्रेसका श्रीकृष्ण खत्री, जसपा नेपालका राम बहादुर के.सी, राप्रपाका उत्तम महर्जन तथा नेकपा एकीकृत समाजवादीका अशोक बुढाथोकीले चुनाैती दिनेछन् ।
चन्द्रागिरि १४, नयाँ नैकापः
२०७४ को स्थानीय तहको निर्वाचनमा यो वडामा नेपाली काँग्रेसका रामहरी बस्नेत वडाध्यक्षमा विजयी भएका थिए । यसपटक सो पार्टीका किरण कार्कीले  वडाध्यक्ष पदमा चुनाव लड्न टिकट पाएका छन् । कार्कीसँगै चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापको वडाध्यक्ष बन्न नेकपा एमालेका राजभाइ महर्जन, नेकपा माओवादी केन्द्रका रविन्द्र श्रेष्ठ, राप्रपाका भरत बहादुर रोकाले  उम्मेदवारी दर्ता गराएका छन् ।
चन्द्रागिरि १५, तीनथानाः
२०७४ को स्थानीय तहको निर्वाचनमा चन्द्रागिरि नगरपालिका १५ तीनथानाको वडाध्यक्षमा नेकपा एमालेका उत्तम बहादुर राउत विजयी भएका थिए । राउतले यसपटक चन्द्रागिरि नगरको मेयरका लागि टिकट पाएका छन् । यसपटक चन्द्रागिरि १५ मा नेकपा एमालले ईन्द्र बहादुर महर्जन, नेमकिपाले बुद्ध शिल्पकार, नेकपा एकीकृत समाजवादीले रामशरण थापा, राप्रपाले सनातन कार्कीलाई वडाध्यक्ष उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली काँग्रेसका घनश्याम लुइटेलले वडाध्यक्षमा टिकट पाएका छन् । उनले वडासदस्य पदमा अन्य दलका प्रतिनिधिलाई समावेश गरेका छन् ।

 थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *