असार मसान्तसम्म यी १० प्रकारका सामान नेपाल आयातमा रोक

Thankot Times

थानकोट ।

सरकारले असार मसान्तसम्म १० प्रकारका सामानहरू नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्र सूचनामा प्रकाशित गर्दै विभिन्न १० प्रकारका सामानहरु नेपाल भित्र्याउने रोक लगाएको हाे। विवरण अनुसार विलासी उपभोग्य सामान नेपाल भित्र्याउने रोक लगाइएको छ। आयातमा रोक लगाइएका सामान निम्नानुसार छन्ः

१. कुरकुरे, कुरमुरे, लेज लगायतका उत्पादनहरु

२. सबै प्रकारका तयारी मदिरा

३. तयारी चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ ल्याउन छुट)

४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट)

५. मोबाइल सेट (६ सय डलरभन्दा माथिका सेट)

६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)

७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)

८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल

९. सबै प्रकारका खेलौनाहरु

१०. खेल्ने तास

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ। यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *