चन्द्रागिरिका ८ वडामा यसअघिका वडाध्यक्षको दाबी

Thankot Times

थानकोट ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १५ वटा वडा रहेको चन्द्रागिरि नगरपालिकामा वडाध्यक्ष पदमा स्वतन्त्र तथा विभिन्न राजनीतिक दलका गरी ९३ जनाले उम्मेदवारको मनोनयन पत्र दर्ता गराएका छन् । दर्ता भएका उम्मेदवारका मनोनयन उपर विहीबारपनि जाँचको कार्यक्रम रहेको छ । उम्मेदवारहरूको अन्तिम नामावली भोलि प्रकाशित गर्ने निर्वाचन आयोगको तयारी छ ।

चन्द्रागिरि नगरका ८ वटा वडामा यसअघिकै वडाध्यक्षहरूले दोहोरिने इच्छा देखाएका छन् । जसअनुसार कम्तीमा ७ वटा वडाले नयाँ वडाध्यक्ष पाउने निश्चित छ ।

यी हुन् चन्द्रागिरि नगरमा दोहोरिन चाहने वडाध्यक्षहरूको सूची र उनीहरूले पहिलो स्थानीय तह निर्वाचनमा पाएको मत परिणामः

चन्दागिरि १ दहचोकमा राजेन्द्र के.सी

चन्द्रागिरि १ दहचोकमा २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका राजेन्द्र के.सी. वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनले  यसपटक पुनः दोहोरिने इच्छा देखाएका छन् । के.सी.सहित ११ जना वडाध्यक्षका उम्मेदवारले यस वडामा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

के.सी गत स्थानीय निर्वाचनमा १ हजार १४३ मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । ९ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १ मा नेपाली काँग्रेसका जीवन कुमार गिरीले ७४० मत पाएका थिए ।

चन्द्रागिरि ३ थानकोटमा दुर्गालाल महर्जन

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका दुर्गालाल महर्जन वडाध्यक्ष पदमा निर्वाचित भएको चन्द्रागिरि नगरपालिका ३ थानकोटमा यसपटक महर्जन पुनः दोहोरिन चाहेका छन् । गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दुर्गालाल महर्जन ४९५  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ३ मा नेकपा एमालेका नारायण बहादुर महर्जनले  ३२४ मत पाएका थिए ।

चन्द्रागिरि ४ थानकोटमा कृष्णप्रसाद खड्गी

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका कृष्णप्रसाद खड्गी लोकप्रिय मतसहित वडाध्यक्ष पदमा निर्वाचित भएको चन्द्रागिरि नगरपालिका ४ थानकोटमा यसपटक खड्गी पुनः दोहोरिन चाहेका छन् । गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद खड्‍गी १ हजार ३३६  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

८ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ४ मा नेकपा एमालेका राममान गोपालीले  ७७६ मत पाएका थिए ।

चन्द्रागिरि ६ महादेवस्थानमा सन्जय सिग्देल

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सन्जय सिग्देल वडाध्यक्ष पदमा विजयी भएको चन्द्रागिरि नगरपालिका ६ महादेवस्थानमा यसपटक सिग्देलले पुनः दोहोरिने इच्छा राखेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सन्जय सिग्देल ५ सय ९१  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए ।

७ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ६ मा नेपाली काँग्रेसका स्वयंम थापाले ४८१ मत पाएका थिए ।

चन्द्रागिरि ७ महादेवस्थानमा शम्भुकुमार के.सी

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका शम्भुकुमार केसी विजयी भएको चन्द्रागिरि ७ महादेवस्थानमा यसपटक केसीले पुनः दोहोरिन चाहेका छन् ।

गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शम्भुकुमार केसी ६९० मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । ५ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको यस वडामा नेकपा एमालेका श्रीहरि थापाले ४५५  मत पाएका थिए ।

चन्द्रागिरि ८ मातातीर्थमा सन्तोष खड्का

२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका सन्तोष खड्काले वडाध्यक्ष जितेको चन्द्रागिरि ८ मातातीर्थमा यसपटक पनि खड्काले दोहोरिने इच्छा देखाएका छन् ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सन्तोष खड्का ७ सय ५५  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । ६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि ८ मा नेपाली काँग्रेसका सरोजकुमार थापाले ६ सय ८८ मत पाएका थिए ।

चन्द्रागिरि १२ बलम्बुमा प्रकाश श्रेष्ठ

२०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका प्रकाश श्रेष्ठले जित हात पारेको चन्द्रागिरि १२ बलम्बुको वडाध्यक्ष पदमा यसपटक श्रेष्ठ पुनः दोहोरिन चाहन्छन् ।

गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार प्रकाश श्रेष्ठ १ हजार १८८  मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । ३ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १२ मा नेकपा एमालेका लक्ष्मण कुमार तण्डुकारले ८०५ मत पाएका थिए ।

चन्द्रागिरि १३ पुरानो नैकापमा बालमुकुन्द विडारी

 २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका बालमुकुन्द विडारी चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकापको वडाध्यक्षमा विजयी भएका थिए । उनले यसपटक पनि सोही पदमा दाबेदारी पेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार बालमुकुन्द विडारी १ हजार १० मत ल्याई वडा अध्यक्षमा विजयी भएका थिए । ६ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएको चन्द्रागिरि १३ नेपाली काँग्रेसका सन्तोष दाहालले ९सय १९ मत पाएका थिए ।

समावेश भएका तस्बिरहरू सम्बन्धित उम्मेदवारहरूको सामाजिक सञ्जालबाट । 

२०७४ सालको स्थानीय चुनावमा यस्तो थियो चन्द्रागिरि नगरपालिकामा दलहरुले पाएको मतको अवस्था 
थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्दा अनिवार्य रूपमा श्रोत खुलाउन पर्नेछ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *