स्थानीय तह निर्वाचनः मतदानका लागि चन्द्रागिरिका मतदान स्थलहरू तयार (फोटो फिचर)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरमा शुक्रबार हुने स्थानीय तह निर्वाचनको सबै तयारी पूरा भएको बताइएको छ ।

निर्वाचन अधिकृत सिर्जना थपलियाका अनुसार नगरका सबै २२ मतदान केन्द्रमा आवश्यक तयारी सकिएको छ भने मतगणनास्थल समेत तयार भएको छ ।

मतदानका दिन पानी पर्न सक्ने सम्भावना देखिएपछि नगरका अधिकांश मतदान स्थलमा त्रिपाल हालिएको छ ।

कुल १,३६,९२८ जना जनसंख्या रहेको चन्द्रागिरि नगरमा ४७ हजार २ सय ६४ मतदाता रहेका छन् ।  वडागत रूपमा हेर्दा चन्द्रागिरि ११ सतुंगल सबैभन्दा कम मतदाता भएको वडाका रूपमा रहेको छ जहा १ हजार ५ सय ३९ जना मतदाता रहेका छन् भने सबैभन्दा धेरै मतदाता चन्द्रागिरि १२ बलम्बुमा रहेका छन् जहाँ ४ हजार ४ सय ५१ जना मतदाता रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *