स्थानीय तह निर्वाचन: चन्द्रागिरि वडा नं. १ र २ को मत गणना जारी

Thankot Times

स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरपालिकमा मतगणनाको कार्य जारी छ । अहिले चन्द्रागिरि  वडा नं १ र २ काे मत गणना भइरहेको निर्वाचन अधिकृत सिर्जना थपलियालेथानकोट टाइम्सलाई जानकारी दिनुभयो ।

चन्द्रागिरि १ मा ३ हजार ३ सय ९ मतदाता रहेकामा २ हजार ५ सय ९३ जनाले मतदान गरेका थिए । त्यस्तै चन्द्रागिरि २ मा २ हजार ६ सय ७६ मतदाता मध्ये २ हजार १ सय ९४ जनाले मत हालेका छन् । चन्द्रागिरि १ काे मतगणना जारी रहँदा मेयरमा नेपाली काँग्रेस १८२, नेकपा एमाले १५१, उपमेयरमा नेकपा एमाले १६१ तथा गठबन्धनका उम्मेदवारले ७७ मत पाएका छन् । वडा १ काे अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले १७४ तथा एमालेका उम्मेदवारले १५४ मत प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *