स्थानीय तह निर्वाचनः चन्द्रागिरि २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र फराकिलो अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर जारी छ ।

चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा शनिबार झिसमिसेबाट नै जारी छ । पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि नगरमा नेकपा एमाललेले अग्रता कायम राख्दा काँग्रेस केही मतले पछि रहेको छ ।

चन्द्रागिरि २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले ९ सय मत गणना भइसक्दा अन्य दलसँग अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारको ४ सय ३ मत, नेपाली काँग्रेसका उम्मेदवारको २ सय ७३ मत तथा नेकपा एमालेका उम्मेदवारको १ सय ५५ मत ।  यस वडामा २ हजार ६ सय ७६ मतदाता रहेकामा २ हजार १ सय ९४ जनाले मतदान गरेका थिए । हालसम्म सो वडाको वडाध्यक्ष पदमा ११ मत बदर भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *