स्थानीय तह निर्वाचनः चन्द्रागिरि २ मा ९ सय मतगणना हुँदा मेयर पदको ३ सय ७३ मत बदर

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर जारी छ ।

चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा शनिबार झिसमिसेबाट नै जारी छ । पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि नगरमा नेकपा एमाललेले अग्रता कायम राख्दा काँग्रेस केही मतले पछि रहेको छ ।

चन्द्रागिरि २ वाँडभन्ज्याङको नाै सय मत गणना हुँदा बदर मतको संख्या ह्वात्तै बढेको छ । जहाँ मेयर पदमा ३ सय ७३ मत बदर हुँदा उपमेयरमा ६ सय ४५ मत बदर भएको छ त्यस्तै वडाध्यक्षमा ११ मत बदर भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *