चन्द्रागिरि २ मा फेरि पनि माओवादी केन्द्रको प्यानल विजयी

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मत गणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ । चन्द्रागिरि नगरका वडा नं. १, २ र ३ को मतगणना भइरहँदा केही वडाको अन्तिम मतपरिणाम बाहिरिएको छ । जसअनुसार चन्द्रागिरि २ मा माओवादी केन्द्रको प्यानलनै विजयी भएको छ । गत स्थानीय तह निर्वाचनमा पनि यस वडा माओवादी केन्द्रको प्यानलले जितेको थियो । यसपटक भाइकृष्ण तामाङले माओवादी केन्द्रको वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *