चन्द्रागिरि ५ मा माओवादी केन्द्रको फराकिलो अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले मतगणनाको कार्य देश भरका स्थानीय निकायमा जारी छ । चन्द्रागिरि नगरमा पनि वडागत रूपमा मतगणना कार्य जारी रहँदा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएका छन् । अहिले चन्द्रगिरि ४ थानकोट तथा चन्द्रागिरि ५ महादेवस्थानको मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि ५ मा माओवादी केन्द्रका उम्मेदवारले १३० मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ३१ मत पाएका छन् ।

यस वडामा मेयर पदका लागि नेपाली काँग्रेसले १११ मत पाएको छ भने नेकपा एमालेले ५३ मत पाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *