चन्द्रागिरि ५ मा ३०० मत गणना सम्पन्न, मेयरमा काँग्रेसलाई १६७ मत, एमालेलाई ७३

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले मतगणनाको कार्य देश भरका स्थानीय निकायमा जारी छ । चन्द्रागिरि नगरमा पनि वडागत रूपमा मतगणना कार्य जारी रहँदा ३ वटा वडाको मत परिणाम सार्वजनिक भएका छन् । अहिले चन्द्रगिरि ४ थानकोट तथा चन्द्रागिरि ५ महादेवस्थानको मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि ५ मा ३०० मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवारले १९० मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ४४ मत पाएका छन् । यस वडामा माओवादी केन्द्र तथा नेपाली काँग्रेसबीच गठबन्धन कायम गरिएको छ ।

यस वडामा मेयर पदका लागि नेपाली काँग्रेसले १६७ मत पाएको छ भने नेकपा एमालेले ७३ मत पाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *