चन्द्रागिरि ५ मा हँसिया हताैडाको फराकिलो अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचन अन्तर्गत अहिले मतगणनाको कार्य देश भरका स्थानीय निकायमा जारी छ । चन्द्रागिरि नगरमा पनि वडागत रूपमा मतगणना कार्य जारी रहँदा २ वटा वडाको मत परिणाम सार्वजनिक भएका छन् भने वडा नं. ३ को मतगणना स्थगित भएको छ । अहिले चन्द्रगिरि ४ थानकोट तथा चन्द्रागिरि ५ महादेवस्थानको मतगणना जारी छ ।

पछिल्लो मत परिणाम अनुसार चन्द्रागिरि ५ मा ४०० मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवारले २४१ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले ६१ मत पाएका छन् । यस वडामा माओवादी केन्द्र तथा नेपाली काँग्रेसको गठबन्धन छ ।

यस वडामा मेयर पदका लागि नेपाली काँग्रेसले २३७ मत पाएको छ भने नेकपा एमालेले ९० मत पाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *