चन्द्रागिरि १२ बलम्बुको मतगणना जारी, ८०० मत गणना हुँदा काँग्रेस झिनो मतले अघि

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

३५५३ मत खसेको चन्द्रागिरि १२ मा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

चन्द्रागिरि १२ बलम्बुको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ३१० मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले २९७ मत पाएका छन् ।

मेयरतर्फ रूख चिन्हमा ३६५ मत पर्दा सूर्य चिन्हमा २७२ मत परेको छ ।

स्थानीय तह निर्वाचनः चन्द्रागिरिका कुन वडामा कति मत खस्यो ?


Leave a Reply

Your email address will not be published. Required fields are marked *