चन्द्रागिरि १२ मा ११ सय मत गणना हुँदा वडाध्यक्षमा काँग्रेसको अग्रता, नेमकिपा तेश्रो स्थानमा

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। ३५५३ मत खसेको चन्द्रागिरि १२ मा नेपाली काँग्रेसले अग्रता लिएको छ । पछिल्लो विवरण अनुसार यस वडाको ११०० मत गणना भएको छ ।

चन्द्रागिरि १२ बलम्बुको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ४२४ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले ४०९ मत पाएका छन् । नेमकिपाको मादल चुनाव चिन्हका उम्मेदवारले १२७ मत प्राप्त गरेका छन् ।

मेयरतर्फ रूख चिन्हमा ४९० मत पर्दा सूर्य चिन्हमा ३६९ मत गरेको छ भने ८३ मत बदर भएको छ । उपमेयर तर्फ सूर्य चुनाव चिन्हमा ३८९ मत पर्दा हलोमा १२८ तथा गिलासमा १५२ मत र मादलमा  ९५ मत परेको छ । उपमयेयरको २८३ मत बदर भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *