२३०० मत गणना हुँदा चन्द्रागिरि १२ बलम्बु रूख चिन्हको अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहँदा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। ३५५३ मत खसेको चन्द्रागिरि १२ मा पछिल्लो विवरण अनुसार यस वडाको २३०० मत गणना भएको छ ।

चन्द्रागिरि १२ बलम्बुको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ७७६ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले ७५९ मत पाएका छन् । मेयर पदमा रूख चिन्हमा ८३२ तथा सूर्य चिन्हमा ६८३ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *