चन्द्रागिरि १२ मा पुनः एमालेको अग्रता

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी ११ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि १२, १३, १४ को मत गणना जारी रहेको छ । ३५५३ मत खसेको चन्द्रागिरि १२ मा नेकपा एमालेले अग्रता जारी राखेको छ । पछिल्लो विवरण अनुसार यस वडाको २४०० मत गणना भएको छ ।

चन्द्रागिरि १२ बलम्बुको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ७७६ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले ८५९ मत पाएका छन् । मेयर पदमा रूख चिन्हमा ८९२ तथा सूर्य चिन्हमा ८१४ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *