चन्द्रागिरि १५ को मतगणना जारी, रूखमा घनश्याम लुँइटेललाई ६०३ मत, घनश्याम गिरीलाई ३०५

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

हाल चन्द्रागिरि १५ को मत गणना जारी छ । ३०३५ मत खसेको चन्द्रागिरि १५ मा ११०० मत गणना भइसक्दा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले अग्रता कायम राखेको छ ।

चन्द्रागिरि १५ तीनथानाको वडाध्यक्षमा रूख चुनाव चिन्हका उम्मेदवारले ६०३ मत पाएका छन् भने सूर्य चुनाव चिन्हका उम्मेदवारले  २७१ मत पाएका छन् ।

चन्द्रागिरि १५ नेकपा एमालेका मेयर पदका उम्मेदवार उत्तम बहादुर राउतको गृह वडा हो । यस वडाबाट मेयर पदमा सूर्य चिन्हमा ६४३ मत परेको छ भने रूख चिन्हमा ३०५ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *