चन्द्रागिरि १५ को मतगणना जारी, यस्तो छ १६०० मत गणना हुँदाको समीकरण

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

हाल चन्द्रागिरि १५ को मत गणना जारी छ । ३०३५ मत खसेको चन्द्रागिरि १५ मा १६०० मत गणना भइसक्दा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले अग्रता कायम राखेको छ ।

चन्द्रागिरि १५ नेकपा एमालेका मेयर पदका उम्मेदवार उत्तम बहादुर राउतको गृह वडा हो । हालसम्म यस वडाबाट मेयर पदमा सूर्य चिन्हमा ७४६ मत परेको छ भने रूख चिन्हमा ६७१ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *