चन्द्रागिरि १५ को मतगणना जारी, वडाध्यक्षमा काँग्रेस अगाडी २ सदस्य पदमा एमाले

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

अहिले चन्द्रागिरि १५ तीनथानाको मत गणना जारी छ ।

३०३५ मत खसेको चन्द्रागिरि १५ को २२०० मत गणना सकिँदा मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरी जित नजिक पुगेको बताइएको छ । यसअघि बिहान १० बजेसम्म चन्द्रागिरि नगरमा खसेको कुल ३६७१२ मत मध्ये ३४३६९ मत गणना भइसक्दा गिरी निकटतम प्रतिद्वन्दी भन्दा १७८५ मतले अगाडी थिए ।

पछिल्लो मत परिणाम अनुसार वडाध्यक्ष पदमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले २ सय मतको अग्रता लिएको छ भने वडा सदस्यका २ पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

मेयर तर्फ सूर्य चिन्हमा १३१० तथा रूख चिन्हमा ६८६ मत परेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *