चन्द्रागिरि १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका घनश्याम लुँइटेल विजयी

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना चन्द्रागिरि नगरपालिकामा सकिएको छ ।

प्राप्त मत विवरण अनुसार चन्द्रागिरि नगरपालिका १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका घनश्याम लुँइटेल विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन भएको यस वडाको सदस्य पदमा भने नेकपा एमालेका उम्मेदवारहरूले बाजी मारेका छन् ।

लुइँटेलले १३६३ मत पाउँदा नेकपा एमालेका उम्मेदवारले १२७३ मत प्राप्त गरे । यो सँगै चन्द्रागिरि नगरका सबै ७७ जना जनप्रतिनिधिको टुंगो लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *