चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको दोश्रो इनिङ सुरू (फोटो फिचर)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख घनश्याम गिरीले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

बलम्बुस्थित नगर कार्यपालिकाको कार्यालयमा नगरप्रमुख गिरीले पदभार ग्रहण गरेका हुन् । गिरी विहीबार चन्द्रागिरि नगरपालिकाको नगरप्रमुख पदमा पुनः निर्वाचित भएका थिए ।

पदभार पछि नगरप्रमुख गिरीले नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा मेयर गिरीले सेवाग्राहीहरूलाई समायानुकुल प्रविधिमैत्री सेवा दिन तथा नगरबासीहरूले गुनासो मुक्त एवं छिटो छरितो सेवा पाउने वातावरण निर्माणमा कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताए । जनप्रतिनिधि र कर्मचारी एक सिक्काका दुई पाटा भएको हुँदा नगरबासीको सेवामा दुवै पक्ष निरन्तर लाग्नु सबैको कर्तव्य रहेको विचार व्यक्त गर्दै नगर प्रमुख गिरीले पहिलो पाँच वर्षमा नगर भाैतिक पूर्वाधारको विकासमा केन्द्रीत भएको र अबको पाँच वर्ष चन्द्रागिरि नगरमा आर्थिक विकासको युग हुने गरि कार्य अघि बढाइने धारणा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *