‘बाई बाई लिशा म्याम !’

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचन २०७४ मा निर्वाचित भएका जनप्रतिनिधिहरूको पदावधि विहीबार रातिबाट सकिएको छ । शुक्रबार चन्द्रागिरि नगरका विभिन्न वडाका जनप्रतिनिधिहरूलाई सम्बन्धित वडाका कर्मचारीहरूले बिदाइ गरेका दृश्यले सामाजिक सञ्जाल रंगिएका छन् ।

चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित मेयर घनश्याम गिरीले निवर्तमान उपमेयर लिशा नकर्मीलाई शुक्रबार एक कार्यक्रमका बीच बिदाइ गरेका छन् । सो क्रममा मेयर गिरीले खादा तथा दोसल्ला ओढाइ निवर्तमान उपमेयर नकर्मीको सम्मान गरेका थिए ।

पाँच वर्षसम्म नगरको विकासमा पुर्याएको योगदान सदैव यादगर रहने बताउँदै नगरप्रमुख गिरीले पाँच वर्षसम्म सिकेको ज्ञान नगरको विकासमा निवर्तमान उपमेयरले लगाउने कुरामा आफु विश्वस्त रहेको बताए । सो क्रममा नवनिर्वाचिन नगरप्रमुख गिरीले  पूर्व उपमेयर लिशा नकर्मीले पाँच वर्षसम्म हासिल गरेको ज्ञान, सिप र अनुभवको नगरपालिकाले उपयुक्त सम्मान गर्ने धारणा व्यक्त गरे ।

पाँच वर्षे कार्यकाल पूरा गरि उपमेयरको भूमिकाबाट बाहिरिँदै गर्दा निवर्तमान उपमेयर लिशा नकर्मीले शुन्यको अवस्थाबाट सुरू भएको कार्यकालको अन्त्य सुखद् रूपमा भएको प्रतिक्रिया दिइन् । अब चयन हुने नगर कार्यपालिकाका सदस्यको चयनमा विशेष ध्यान दिन पर्ने धारणा व्यक्त गर्दै निवर्तमान उपमेयर लिशा नकर्मीले नगरमा देखिएका वेथितीको अन्त्यका लागि सबै कर्मचारी तथा नवनिर्वाचित जनप्रतिनिधिहरूले आजबाटै कार्य सुरू गर्नुपर्ने अन्यथा सबैले अपजसको भारी बोक्नुपर्नेमा सचेत गराइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *