चन्द्रागिरिका नवनिर्वाचित जनप्रतिनिधिले सोमबार सपथ लिँदै

Thankot Times

थानकोट ।

दोश्रो स्थानीय तह निर्वाचनमा निर्वाचित भएका चन्द्रागिरि नगरका ७६ जना जनप्रतिनिधिहरूले सोमबार पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

चन्द्रागिरि नगरपालिकाका १५ वटा वडाका वडाध्यक्ष सहित ४-४ जना सदस्य तथा नगर उपप्रमुखले नगरप्रमुख घनश्याम गिरीसमक्ष पद तथा गोपनियताको सपथ लिनेछन् ।

सो कार्यक्रम चन्द्रागिरि नगरकार्यपालिकाको सभाहलमा हुने बताइएको छ । सपथ लिएपछि जनप्रतिनिधिले सम्बन्धित वडामा पुगेर पदवहाली गर्नेछन् भने उपप्रमुखले नगरकार्यपालिका मै रहेको उपप्रमुखको कक्षमा पदबहाली गर्नेछिन् ।

निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुखले कार्यभार सम्हाल्नुअगावै निर्वाचित भएको सात दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीशसमक्ष सपथ लिनुपर्ने व्यवस्था बमोजिम नगरप्रमुख घनश्याम गिरीले शुक्रबारनै पद तथा गोपनियताको सपथ लिई कार्यभार सम्हालिसकेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *