चन्द्रागिरिमा कार्यपालिका सदस्य पदको निर्वाचन जेठ १२ गते हुने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकामा नगर कार्यपालिका सदस्य पदको निर्वाचन जेठ १२ गते हुने भएको छ । निर्वाचन अधिकृत सिर्जना थपलियाले थानकोट टाइम्सलाई दिएको जानकारी अनुसार सो निर्वाचनका लागि हिजो (सोमबार) मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ भने आज उम्मेदवारको मनोनय पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।

नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले पन्ध्र दिनभित्र नगर सभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेका पाँच जना महिला सदस्य र योग्यता पुगेका दलित वा अल्पसंख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका तीन जना सदस्य समेत नगर कार्यपालिकाको सदस्य हुने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *